आफ्नै पार्टीभित्रका केही व्यक्तिले आफ्नै सरकार ढाले : केपी शर्मा ओली

  पहिलोपेज समाचारदाता

 161 पटक हेरिएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका केही व्यक्तिले आफ्नै प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको आरोप लगाउनुभएको छ ।

आइतबार ललितपुरमा तुल्सीलाल अमात्यको २४औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले प्रतिक्रियावादीको पछि लागेर एमालेका केही नेताहरुले दक्षिणपन्थी सरकार बनाएको आरोप लगाउनुभएको हो ।

पूर्वप्रधानमन्त्री शर्मा ओलीले व्यक्तिगत अहंकार र जिद्धीको कारण नै कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने र प्रतिगमन ल्याउने खेल भएको बताउनुभयो ।

प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनु प्रतिगमन भएको उहाँको तर्क छ । ओलीले दक्षिणपन्थीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिकोमा र अदालतमा गएर हस्ताक्षर गरेको जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले वर्तमान सरकार निर्वाचनबाट नभई कुबाटोबाट आएकोले यसलाई प्रतिगमनकारी सरकार भन्नुपर्ने पनि बताउनुभयो । उहाँले मुलुकको बिकास र सुशासनका लागि कम्युनिष्ट सरकार नै चाहिने धारणा राख्नुभयो ।

ओलीले सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न नदिएको भन्दै नयाँ सरकार आउनेबित्तिकै दमन र राजनीतिकरण शुरु भएको तर्क गर्नुभयो ।

उहाँले सरकारको गलत कामको खवरदारी र आवश्यक परे प्रतिरोध गर्ने चेतावनी दिनुभयो ।

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार