कस्तो रहला भाेलि दिनभरको मौसम ?

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका अधिकांस भू–भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन /चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार