यसरी धमाधम खन्ने काम हुँदैछ नागढुङ्गा सुरुङमार्ग (भिडियोसहित)

  पहिलोपेज समाचारदाता

 265 पटक हेरिएको

काठमाडौं । बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्ग खन्ने कामले गति लिएको छ । हालसम्म १८ प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।

आइतबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले गरेको सुरुङमार्गका अनुगमनका क्रममा हाल सुरुङमार्ग खन्ने काम तीव्र गतिमा अगाडि बढको जानकारी गराइएको हो ।

दैनिक १३ देखि १४ मिटर खन्ने लक्ष्य भए पनि हाल दैनिक ८ मिटर खन्ने काम भइरहेको जापानी प्राविधिक टोलीले जनाएको छ । अनुगमनका क्रममा समिति सदस्यहरुले सुरुङमार्ग निर्माणको अवस्थाका साथै यसले पार्ने प्रभावका बारेमा पनि जानकारी लिएको थियो ।

समितिका सभापति तारादेवी भट्टले तीव्रगतिमा काम भएपनि निकै चूनौति र समस्या देखिएको बताउनुभयो । सुरुङमार्गबाट स्थानीय बस्ती पनि जोखिममा रहेकाले यसको समाधान गर्दै आयोजना सम्पन्न गर्नुपर्ने उहाँको भनाई छ । उहाँले सुरुङमार्गका विषयमा सरकारसँग छलफल गर्ने जानकारी दिनुभयो ।

काठमाडौँको थानकोट दहचोकदेखि–सिस्नेखोलासम्म सुरुङको लम्बाई २.५ किलोमिटर, चौडाई ९.५ मिटर तथा उचाई १८ मिटर हुनेछ । यो सडकले नागढुङ्गाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ भने सडकको लम्बाइ ८ किलोमिटर कम हुनेछ ।

सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिनेछ । यो आयोजना सम्पन्न गर्न कुल २२ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार