दाङ जिल्लामा पुनमगरहरुको पुन समाज

  पहिलोपेज समाचारदाता

 671 पटक हेरिएको

दाङ । दाङ जिल्लामा रहेका पुनमगरहरुले “नेपाल पुन समाज, जिल्ला कार्यसमिति दाङ” गठन गरेका छन् । शनिवार सम्पन्न भेलाले लीलाबहादुर पुनमगरको अध्यक्षतामा २२ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

जिल्ला कार्यसमितिमा उपाध्यक्ष इन्द्रबहादुर पुन (तुलसीपुर), सचिव नरेन्द्र पुन (घोराही), सहसचिव धना पुन (गोबरडिहा) र कोषाध्यक्ष धनकुमारी पुन (घोराही) रहनुभएको छ । सदस्यहरुमा निमबहादुर पुन (बबै), कृष्णकुमार पुन (घोराही), थगप्रसाद पुन (शान्तिनगर), भक्तबहादुर पुन (बंगलाचुली), हरिबहादुर पुन (तुलसीपुर), रामकृष्ण पुन (घोराही), राजपूर्ण पुन (घोराही), कृष्णकुमार पुन (घोराही) हरिबहादुर पुन (घोराही), दिलबहादुर पुन (बबै), भूपबहादुर पुन (शान्तिनगर), दीपक पुन (घोराही), भ्युकुमार पुन (घोराही), तिलबहादुर पुन (घोराही) र मतिलाल पुन (घोराही) रहनुभएको छ । महिला सदस्यहरुमा कुसुमा पुन (घोराही) र गोमती पुन (राप्ती) रहनुभएको छ ।

जेष्ठ सदस्य निमबहादुर पुनको अध्यक्षतामा भएको भेलामा देशका १२ जिल्लामा नेपाल पुन समाज गठन गरिएको जानकारी दिइएको थियो । भेलाले १६७ थरीका पुनको वंशावली तयार गर्ने योजना बनाएको छ । लीलाबहादुर पुनले विषयवस्तुबारे जानकारी गराएको सो भेलाको सहजीकरण नरेन्द्र पुनले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार