मेलम्चीमा फेरि बाढीको वितण्डा: रेडियो मेलम्चीको भवन बगायो

सिन्धुपााल्चोक । मेलम्चीमा आएको बाढीले रेडियो मेलम्ची १०७ दशमलव २ मेगाहर्जको भवन बगाएको छ । गएको असार १ गते आएको बाढीले क्षति गरेकोरेडियोको भवन राति १२ बजे ४० मिनेट जाँदा बाढीले बगाएको हो ।

तीन तलाको रेडियोको भवन त्यतिबेला दुई तला डुबानमा परेको थियो, गएरातिको बाढीले पूरै भवन नै बगाएको रेडियोका स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिनु भयो ।

यस्तै हेलम्बु गाउँपालिका जोड्ने चनौटेको रातोपुल उच्च जोखिममा छ । ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भने नदि को सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक का एसपी राजन अधिकारीले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार