नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो बैठक बस्न लागेको हो ।

यसअघि विघटित कार्यदलका सदस्यहरूले दल मिलाउन प्रयास भइरहेको भन्दै जथाभावी नबोल्न र शनिबारको स्थायी कमिटी बैठक स्थागित गर्न आग्रह गरेपछि आज बस्‍नेगरी बैठक स्थगित भएको थियो ।

एमाले बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल हुने बताइएकाे छ ।
एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन गर्ने निर्णय गरेको छ । यस्तै भदौ १५ गतेभित्र सबै स्थानीय तहको अधिवेशन गर्ने यसअघि निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार