सिन्धुपाल्चोकको मेलम्चीमा फेरि एक्कासि बाढी, प्रहरी चौकी अन्यत्र सारियो

सिन्धुपाल्चोक । मेलम्चीमा फेरि बाढी आएको छ । बाढी र पहिरोले तहनहस पारेको सिन्धुपाल्चोकमा फेरि बाढीले ताण्डव मच्चाएको हो ।

मेलम्चीमा गएराति बाढी आउँदा केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकीसमेत विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको छ ।

तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको उनको भनाई छ । त्यसैगरी गएरातिको बाढीले रेडियो मेलम्चीको भवन बगाएको पत्रकार दिनेश थापाले जानकारी दिए ।

हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको डिएसपी सापकोटाबताए । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ ।

यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतका स्थानमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार