युथफोर्सलाई अखिल फोर्सको काउन्टर : मैदान छोडेर नभाग्ने नेपालको उद्द्धोष

  पहिलोपेज समाचारदाता

 143 पटक हेरिएको

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू विचारमा अडिग योद्धा रहेको भन्दै मैदान छोडेर नभाग्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेपालले आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै नेपालले आफूहरू मैदान छोडेर नभाग्ने बताउनुभएको हो । उहाँले निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होशियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।

नेता नेपालले आफूले विचारहीन र सिद्धान्तहीन व्यक्तिहरूको भीड तयार गर्न नचाहेको जिकिर गर्नुभयो । नेपालले संविधानलाई कुल्चिने काम गर्नेविरुद्ध आफूहरु चुप लागेर नबस्ने बताउनु भयो ।

गलत कामलाई सर्वोच्च अदालतले सच्याएको स्मरण गर्दै उहाँले कसैले जालझेल गरेर फेरि प्रधानमन्त्री बन्छु भनेर नलागे हुने टिप्पणी गर्नुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उहाँले अहंकारले मान्छेलाई पतनको बाटो डो¥याउने बताउनु भयो । उहाँले अब नेपालमा राजतन्त्र फर्काउने दिवास्वप्न नदेख्न चेतावनी दिनुभयो ।

कार्यक्रममा नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष ओलीले पद त्याग नगरेसम्म एमाले एकता हुन नसक्ने बताउनुभयो । भेलाअघि अखिल फोर्सले काठमाडौंमा बृहत मोटरसाइकल र्याल निकालेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार