नेपालमा आइफोनको मूल्य घट्यो (नयाँ मूल्यसूची सहित)

काठमाडौं । नेपालमा आइफोनको मूल्य घटेको छ । एप्पलका स्मार्टफोन सिरिज आइफोन ११ र १२ को मूल्य घटेको हो।

आइफोन ११, १२, १२ प्रो, १२ प्रो म्याक्सको मूल्य घटाएको एप्पलको नेपालका लागि आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रालिले जानकारी दिएको छ ।

यी सेटहरुको मूल्य कम्तिमा पाँच हजार रुपैयाँदेखि सात हजार नौ सय रुपैयाँसम्म घटेको छ।

कोरोना महामारीका कारण चिप अभाव, सिपिङ शुल्क वृद्धिदेखि बिक्री वितरण चक्र खलबलिँदा अधिकांश स्मार्टफोन उत्पादकहरुले मूल्य बढाइरहेको अवस्थामा एप्पलले भने नेपाली बजारमा मूल्य घटाएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार