देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

अध्यक्ष प्रचण्ड बिहान देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेको बताइएको छ । मन्त्रिपरिषद् विस्तारबारे देउवा र प्रचण्डबीच भेटवार्ता भएको र भेटमा प्रचण्डले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नाम सिफारिस गरेको बताइएको छ । उनीहरुको नामबारे भने केही खुलाइएको छैन।

हाल कांग्रेस सभापति देउवा नेतृत्वको मन्त्रिमण्डलमा देउवासहित कांग्रेसका चार र माओवादी केन्द्रका दुई मन्त्री रहेका छन्। यसअघि बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्री चयन गर्ने जिम्मा दलका शीर्ष नेताहरुलाई दिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार