जसपा संसदीय दलको नेताको चुनाव आज

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको बैठक बसेको छ। आज दलको नेता चयन गर्न सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलको बैठक बसेको जसपाका नेताले जानकारी दिएका छन।

विहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता छान्नका लागि चुनाव गर्ने निर्णय गरेको थियो।

निर्वाचन आयोगबाट जसपा अध्यक्ष उपेन्द्र यादवपक्षले आधिकारिकता पाएपछि दलको नेता चयन गर्न लागिएको हो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार