लुम्बिनी प्रदेशकी सांसद बिमला वली सम्पर्कबाहिर

दाङ । लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री (वली) सम्पर्कबाहिर रहेको माओवादी केन्द्रले दाबी गरेको छ । शुक्रबार रातीबाट उनी सम्पर्क बिहिन भएको बताइएकाे छ ।

लुम्बिनी प्रदेशमा राजपा सांसद पुर्मती ढेंगा मगर सम्पर्क बिहिनको खबर सार्वजानिक भएको ३ दिन नबित्दै माओवादी केन्द्र रोजेकी दाङकी सांसद बिमला वली सम्पर्कबाहिर भएकी हुन ।

लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा परेको विपक्षी गठबन्धनले दाबी गरिरहँदा गठबन्धनमा रहेका सांसदहरु पालो गरिगरि सम्पर्क बिहिन हुने घटनालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

माओवादी केन्द्रले शनिबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । एमालेले उनलाई आफ्नो कब्जामा लिएको आरोप माओवादी केन्द्रले लगाएको छ ।

वलीका बारेमा कुनै जानकारी नभएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताएका छन ।

नेकपाबाट उप निर्वाचन लडेर बिजयी भएकी सांसद वली गत चैत्र महिनामा माओवादी पार्टी रोजेको भन्दै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र तर्फ सार्वजानिक भएकी थिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार