एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले शनिबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ। बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने छ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङअनुसार बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन तयारी र सदस्यता नवीकरणलगायतका विषयमा छलफल हुनेछ। असार १९ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकको निर्णय भएका उक्त विषयमाथि आज छलफल हुन लागेको हो।

केन्द्रीय कमिटी बैठकले विभागको पूर्णता दिने र साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो। त्यसका लागि महाधिवेशनका लागि अध्यक्ष केपी ओलीलाई राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेललाई साङ्गठानिक, उपमहासचिव विष्णु पौडेललाई विधान र नेता रामबहादुर थापा बादललाई व्यवस्थापनको जिम्मेवारीमा दिइएको छ।

यस्तै एमालेले पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने र केन्द्रीय कार्यालय अन्तिम नामावली साउन ५ गतेसम्म दिने निर्णय गरेको थियो। यो बीचमा वरिष्ठ नेता माधव नेपाल पक्षसँग सहमतिको प्रयास हुँदा उक्त काम प्रभावित भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार