आज शनिवारः भुलेर पनि नगर्नुहोस् यी काम, के गर्ने ?

शनिवार अर्थात शनि देवताको दिन । शनि देवतालाई खुसी पार्नका लागि आज धेरै जनाहरु बिहानैदेखि पूजा पाठमा सक्रिय रहन्छन् । यस्तै, धार्मिक कार्य गर्नु परेमा धेरैजसोले शनिवारको दिनमा नै गर्ने गर्छन् ।

शनिदेवलाई न्याय प्रेमी देवताको रुपमा लिइन्छ । शनिवारको दिन शनि देवलाई खुसी पार्न पूजा गर्ने गरिन्छ । धर्मशास्त्र अनुसार शनिवार केही चिजहरु खान नहुने बताइएको छ ।

यस दिन खान नहुने चीज खाएमा शनिदेव रिसाउने धार्मिक मान्यता छ । त्यसैले शनिवार शनि देवतालाई खुशी पार्न केही खाने कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

आजको दिन माछा, मासु तथा अन्य मांसाहारी भोजन ग्रहण गर्दा शनि ग्रहमा नकारात्मक असर पर्ने धार्मिक मान्यता छ । शनिवारको दिन सादा दूध वा दहिको सेवन पनि गर्नु हुँदैन । तर दूधमा मह वा चिनी मिसाएर भने सेवन गर्दा हुन्छ । आज रातो खुर्सानीको प्रयोग गर्नु पनि राम्रो मानिदैन ।

शनिवारको दिन मादक पदार्थ (रक्सी) पनि सेवन गर्नु हुँदैन । शनिवारको दिन काचो आप पनि खान हुदैन । त्यस्तै आजको दिन मसुरोको दाल खान हुदैन ।

कुनै पनि काममा अवरोध आए वा गर्न लागेको काम बिग्रन लाग्यो भने शनिदेवको पूजा आराधना गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

शनिदेव प्रसन्न भएमा बिग्रन लागेको काम पनि सम्पन्न हुने र सफलता प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।

शास्त्रका अनुसार शनिदेव मानिसको काम र प्राप्तीसँग सम्बन्धित छन् ।

यस्तो छ शनिदेवको पूजा विधि :

शनिवारको सूर्योदयभन्दा पहिला र सूर्यास्तभन्दा पछि शनिको पूजाअर्चना गरेमा विशेष लाभ मिल्नेछ ।

कालो वा निलो आसनमा बसेर तिलको तेलले बत्ती बाल्नुपर्छ ।

पश्चिम दिशामा प्राणायाम गर्नुपर्छ ।

लगातार ७ पटक शनिस्तोत्रको पाठ गर्ने र यस्तो बिहान र साँझ लगातार २७ दिन गर्ने । यसो गर्नाले फाईदा पुग्छ ।

आफ्नो समस्या सामाधानका लागि शनिदेवसँग प्राथना गर्ने ।

शनिदेवको पूजा सधैं सफा कपडा पहिरिएर चोखो भएर गर्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार