पुनः स्मार्ट लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । नेपालमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या बढेको छ। कोरोना संक्रमितको दर दिनानुदिन बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले पुनः स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ।

प्रधानमन्त्री अध्यक्ष रहने सीसीएमसीको आज बसेको सिंहदरबारको बैठकमा मन्त्रालयले कोरोना संक्रमण बढेको रिपोर्टसँगै स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो।

सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले बैठकपछि बैठकमा मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको बताएका छन्। उनका अनुसार अब बस्ने बैठकले स्मार्ट लकडाउन गर्ने नगर्नेबारे टुंगो लगाउनेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार