मदन पुरस्कार— २०७७ का लागि छानिए यी ९ पुस्तक

  पहिलोपेज समाचारदाता

 193 पटक हेरिएको

काठमाडौं । मदन पुरस्कार— २०७७ का लागि विभिन्न ९ पुस्तकहरु छनौटमा परेका छन् । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले आज एक विज्ञप्ति प्रकाशित गर्दै ९ कृतिहरु छानिएको जनाउनु भएको छ ।

मदन पुरस्कारका लागि छनौटमा परेका पुस्तकहरुमा गिरि श्रीस मगरको “एकलव्यको देब्रे हात”, कृष्ण अविरलको “करिया”, कुमार नगरकोटीको “कल्प—ग्रन्थ”, भैरवबहादुर थापाको “नृत्याक्षर विज्ञान”, प्रभा बरालको “फिलिङ्गो”, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको “मोक्षभूमि”, जेसन कुँवरको “रमिते” र भगिराज इङ्नामको “लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत १७१९—२०२०” रहेका छन् । “छनौटमा परेका यी पुस्तकहरुमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रुपमा वर्ष २०७७ को मदन पुरस्कार अर्पण गरिने छ”, अध्यक्ष दीक्षितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मदन पुरस्कारका लागि २ सय २२ पुस्तकहरु प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरुको बाहुल्य रहेका पुस्तकलाई छनोटको एउटा आधार बनाइएको विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार