महाधिवेशनको तिथिमिति तलमाथि नहोस् : गगन थापा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई दवाव समेत दिनु भएकाे छ ।

विपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयाे-“पाटीको महाधिवेशनको तिथिमिति धेरै तलमाथि गर्न पाईदैन। हाम्रो संविधानले ५ वर्ष पछि पार्टीको महाधिवेशनको मिति ६ महिना थप गर्न मिल्ने व्यवस्था गरेको छ।”

थापाले भन्नु भयो, “संविधानको सो व्यवस्था अनुसार अव महाधिवेशनको मिति पछि सार्न मिल्दैन। संविधानले किटान गरेको व्यवस्था काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले उलंघन गर्न मिल्दैन।”

नेता थापाले पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक नभएको पनि स्पष्ट पार्नु भयो।

पार्टीको विधानले केन्द्रिय कार्य समितिबाट सो विवाद समाधान गर्नुपर्ने व्यवस्था भएपनि पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेको आरोप लगाउँदै उहाँले आपत्ति जनाउनु भयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार