मानहानीको मुद्दा लिएर बम्बे उच्च अदालत पुगिन अभिनेत्री शिल्पा शेट्टी

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी मानहानीको मुद्दा लिएर बम्बे उच्च अदालत पुगेकी छिन् ।

पती राज कुन्द्राको मुद्दालाई लिएर मिडियादेखि सामाजिक सञ्जालमा आएका भ्रामक तथा गलत समाचारले परिवारको प्रतिष्ठामा आँच पुगेको भन्दै उनी अदालत पुगेकी हुन् ।

अदालतमा दिएको निवेदनमा उनले केही मिडियाहरुले उनीहरुसँग माफि मागेर ती सबै मानहानी कन्टेन्ट डिलेट गर्न माग गरेकी छिन् ।

यसका साथै ती मिडियाहरुले भारु २५ करोडको क्षतिपूर्ति पनि व्यहोर्नु पर्ने माग गरेकी छिन् । केही भारतीय मिडियाहरुले विनाकुनै अनुसन्धान र प्रमाण राजको केसमा आफ्नो नाम जोडेको भन्दै उनको व्यक्तिगत प्रतिष्ठा गिराउने कोशिस गरेको आरोप लगाएकी छिन् ।
-एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार