ओलीको खिर खाने कार्यक्रममा नेपाल समूहलाई किन गरिएन निम्ता ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले १५ साउनको अवसरमा केन्द्रीय कार्यालय थापाथलीमा राखेको खिर खाने कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई निम्ता गरिएको छैन् ।

नेपालका निकट रहेका स्थायी कमिटीका सदस्य डा. बेदुराम भुषालका अनुसार खिर खाने कार्यक्रममा उनीहरुलाई निम्ता आएको छैन । उनले आफूहरु सो कार्यक्रममा सहभागीसमते हुन नसक्ने उनले बताए ।

कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी छन् । एमाले केन्द्रीय सदस्य एवं कार्यालय सचिव शेरबहादुर तामाङले १५ साउनको अवसरमा पार्टी कार्यालयमा खिर खाने कार्यक्रम राखिएको बताए ।

कार्यक्रममा सहभागी हुनका लागि पार्टीका सबै नेतालाई निम्तो दिइएको तामाङले बताए । ओली र नेपालबीच विवादका कारण एक समूहले आयोजना गरेको कार्यक्रम अर्को समूहले बहिष्कार गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार