थुनुवाले गरे प्रहरी हिरासतमै आत्महत्या

  पहिलोपेज समाचारदाता

 215 पटक हेरिएको

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका एक थुनुवाले आज बिहान “आत्महत्या” गरेका छन् । थुनुवा कक्षको शौचालयमा उनले आत्महत्या गरेको बताइएको छ ।

धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले लक्ष्मीनियाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रविदासले आत्महत्या गरेको जानकारी दिनुभयो । आत्महत्या गरेका भनिएका रविदास केही दिनअगाडि घरायसी विवाद हुँदा कुटपिट तथा अंगभंग मुद्दामा पक्राउ परेका थिए ।

प्रहरीका अनुसार रविदासले आफूले लगाउने गन्जी च्यातेर पासो बनाई भेन्टिलेसनमा झुण्डिएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार