फेरि किन हुन थाल्यो झापा जिल्लामा लकडाउन ?

  पहिलोपेज समाचारदाता

 169 पटक हेरिएको

काठमाडौं । आगामी शनिबारदेखि झापा जिल्लामा पूर्णरुपमा लकडाउन हुने भएको छ । कोरोना संक्रमित र मृत्यु हुनेको संख्या लगातार बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय झापाले पूरै जिल्ला सिल गर्ने जनाएको छ ।

जिल्लाको कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले शनिबार राति १२ बजेदेखि एक हप्ताका लागि झापा जिल्लामा पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार भएको डिसिसिएमसी र पालिका प्रमुखहरूको संयुक्त बैठकले जिल्ला सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाको पहिलो लहरकै जस्तो कडाइका साथ निर्णय कार्यान्वयन गरिने छ । हाल झापा जिल्लाका १० पालिकाहरु पूर्णतः सिल गरिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार