माधव नेपाल र सुवास नेम्वाङबीच भेटघाट

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच संवादविहीनताको समय लम्बिएका बेला नेम्वाङले नेता नेपाललाई भेटेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली तर्फका विगठित कार्यदलका संयोजक एवं संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ र नेता नेपालबीच पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको हाे ।

भेटमा नेम्वाङले पार्टी एकतालाई अब निष्कर्षमा पु¥याउनु पर्ने र त्यसका लागि नेपालले भूमिका खेल्नुपर्ने बताएका छन्। दशबुँदे सहमति जुटाउने कार्यदलमा अध्यक्ष केपी शर्मा ओली तर्फबाट नेम्वाङ संयोजक थिए।

नेम्वाङ र एमाले उपमहासचिव विष्णु पौडेल दुबै जना नेता नेपाललाई भेटेर पार्टी एकताको बारेमा छलफल गर्ने कार्यक्रम भए पनि पौडेल छलफलमा सहभागी भएनन् ।

आजै नेपाललाई भेटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका थिए । प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेका छन् । प्रचण्डसंगको भेटघाट पछि नेम्वाङ कोटेश्वर पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार