सांसदबाट पदमुक्त भएका पूर्वमाओवादीका नेताहरुको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । सांसदबाट पदमुक्त भएका पूर्वमाओवादीका नेताहरुले दायर गरेको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ ।

माओवादी केन्द्रका कारवाहीका आधारमा पदमुक्त भएका ४ जना संघीय सांसद र एकजना प्रदेश सांसदले पुनर्वहालीको माग गर्दै मुद्दम दायर गरेको थियो ।

पाँचैजनाको रिटमाथिको सुनुवाइका लागि वरिष्ठतम न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको थियो । तर, आज हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले हिजो बुधवार रिट दायर गर्नुभएको थियो । त्यस्तै लुम्बिनीका प्रदेश सभा सदस्य दधिराम न्यौपानेले पनि साउन ४ गते रिट दर्ता गराएका थिए ।

पाँचैजनाले आफूहरूलाई माओवादीले गरेको कारवाही गैरकानूनी भएको भन्दै उत्प्रेषणको आदेशबाट सांसद पदमा वहाली माग गर्नुभएको छ । उहाँहरुले आफूहरूले दल त्याग नगरेको दावी गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार