३३६५ कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा थप १ हजार ३६३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १४ हजार २४२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २,३३५ र एन्टिजेन विधिबाट १,०३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ९० हजार ६४२ जना र एन्टिजेन विधिबाट ५९ हजार ३८० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ८०७ पुगेको छ । नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

हालसम्म देशभर ३५ लाख ८४ हजार ४१९ नमुनाको पीसीआर परीक्षण भएको छ ।

आज काठमाडौं उपत्यकामा ८६० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जना रहेका छन्। हिजो नेपालमा ३ हजार ८४० जना संक्रमित थपिएका थिए भने ३३ को मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार