माधव पक्षविनै मन्त्रिपरिषद विस्तार, कांग्रेसलाई ८, माओवादी र जसपालाई ७ मन्त्रालय

काठमाडौं । सत्तारुढ गठबन्धन दलबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ । गठबन्धनमा सहभागी एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषद विस्तारका लागि सहमति भएको हो ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले काँग्रेसलाई प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्र र जसपालाई ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको बताइएकाे छ।

यससँगै प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ ।

माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस, माओवादी र जसपाले मन्त्रालयको भागबण्डा मिलाएकाे बताइएकाे छ ।

अहिले मन्त्रालयकै बिषयलाई लिएर कांग्रेसको र जसपाको बैठक बसिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार