खुल्दै रुकुम पश्चिमकी मनकलाको हत्या प्रकरणको रहस्य, तीनजना पक्राउ

  पहिलोपेज समाचारदाता

 251 पटक हेरिएको

रुकुम । भैंसीलाई घाँस हाल्न भनी गोठमा गएको तर मृत भेटिएकी रुकुम पश्चिमकी मनकला खड्काको मृत्यु प्रकरणमा उनका भतिजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको बताइएको छ ।

त्रिवेणी गाउँपालिका– ४ छहरेकी २६ वर्षीया मनकला खड्का सोमबार राति मृत अवस्थामा भेटिएकी थिइन् । सोमबार बेलुका ६ बजेतिर भैंसीलाई घाँस हाल्न गोठमा गएकी उनी राति अबेरसम्म नफर्किएपछि परिवार र आफन्तले खोज्ने क्रममा मकैबारीको कान्लामा मृत अवस्थामा भेटिएकी थिइन् ।

मनकलाको मृत्यु प्रकरणमा उनका परिवारभित्रका भतिजा नाता पर्ने एक जनासहित तीन जना पक्राउ परेको प्रदेश प्रहरीले बताएको छ । तीन जनामध्ये मनकलाकै जेठाजूको छोरा (भतिजा) उक्त घटना संलग्न भएको देखिएको प्रहरीले जनाएको छ । भतिजाबाट मनकलाको गहना र अरू केही सामान पनि बरामद गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार