प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि सत्ता गठबन्धनको बैठक बस्ने भनिएपनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच मात्र भेटवार्ता भएको छ ।

बुधबार बसेको सत्ता गठसत्ता गठबन्धनको बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्ने र मन्त्रीहरुको नाम टुंगो लगाउने सहमति भएको थियो ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सक्नुभएको छैन । हाल सरकारमा कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् ।

अब जसपालाई पनि समेटर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार