जसपा कार्यकारिणी बैठक आज पनि बस्दै

काठमाडौं । जसपाको कार्यकारिणी बैठक आज पनि जारी रहने भएको छ । बैठक ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बोलाइएको छ ।

जसपा यादव पक्षका नेता डम्वर खतिवडाका अनुसार बैठकमा सरकारमा सहभागी हुनका लागि सैद्धान्तिक छलफल र मापदण्ड तय गरिने छ ।

यसअघि बुधबार बसेको बैठकले सरकारमा जाने निश्चित भएपनि मापदण्ड तयार पारेर मात्र सहभागी हुने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार