कांग्रेसको क्रियाशील सदस्यता विवादमा काठमाडौंमा विरोध प्रदर्शन

  पहिलोपेज समाचारदाता

 181 पटक हेरिएको

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिप्रति काठमाडौंबाटै बिरोध शुरु भएको छ ।

मनोमानीरुपमा क्रियाशील सदस्यता प्रदान गरेको र छानविन हुन नसकेको भन्दै काठमाडौंका केही ईकाइ समितिले बिरोध जनाएका हुन् ।

क्रियाशील सदस्यता छानविनको बिरोध गर्दै सभापतिहरुले बुधबार पार्टी पदाधिकारी बैठक बसेको स्थान बुढानीलकण्ठमा धर्ना दिएका थिए । उनीहरुले पार्टीभित्र लोकतन्त्र खै, व्यक्ति ठूलो कि विधान, काठमाडौं ७ को क्रियाशील छानविनमा न्याय दे लगायतका प्लेकार्ड बोकेका थिए ।

धर्नामा पुगेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले छानविन समितिबाट भएको त्रुटिलाई सच्चाउने प्रतिवद्धता जनाउनुभयो । धर्नामा बसेकाहरुले मनोमानीरुपमा प्रदान गरिएको क्रियाशील सदस्यता नसच्चिए पार्टी कार्यालयमा धर्ना दिने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार