बालाजुको सोफा फ्याक्ट्रीमा आगलागी

काठमाडौं । काठमाडौंको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा आगलागी भएको छ । बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो करिब ४ बजे आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिएका छन । उनका अनुसार आगोलाई नियन्त्रणमा लिने प्रयास हुँदैछ ।

आगलागी कसरी सुरू भएको खुलिसकेको छैन । चार वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायतले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेको बुढाथोकीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार