नागरिक दैनिकमा पत्रकारहरुको धर्ना, महासंघको ऐक्यबद्धता

काठमाडौं । नागरिक दैनिकमा कार्यरत झण्डै ३ दर्जन जिल्ला सम्वाददाता तथा स्ट्रीन्जरहरूलाई झण्डै ३ वर्षदेखिको पारिश्रमिक उपलब्ध नगराएको प्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पारिश्रमिक उपलब्ध गराउन माग गर्दै नागरिक दैनिकमा कार्यरत जिल्ला सम्वाददाता तथा स्ट्रीन्जरहरू काठमाडौं सुन्धारास्थित पत्रिकाको कार्यालयमा अनसनरत रहेका छन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी पत्रकारहरूको उक्त अनसनमा सहभागी भई ऐक्यवद्धता जनाउनु भएको छ ।

एउटा प्रतिष्ठित मिडिया हाउसबाट लामो समयदेखि पत्रकारहरूलाई काम लगाएर पारिश्रमिक उपलब्ध नगराउनु दुःखद् पक्ष हुनुका साथै श्रमजीवी पत्रकार ऐनविपरीत हुने महासंघको ठहर रहेको प्रेस विज्ञप्ति निकालेर जानकारी गराइएको छ ।

महासंघले श्रमजीवी पत्रकार ऐनअनुसारको सबै सेवा–सुविधासहित अनसनरत पत्रकारहरूको बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन पत्रिका व्यवस्थापन पक्षसँग माग गर्नुका साथै अन्यथा महासंघ यसविरुद्ध दबाबमूलक संघर्षका कार्यक्रममा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार