टोकियो ओलम्पिकमा गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीवाच गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । टोकियो एक्वेटिक सेन्टरमा बुधबार भएको स्पर्धामा गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइल तर्फ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

हिट चरणमा गौरिकाले १.००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् ।

५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी छिन् । यस अघि गौरिकाको नाममा १.००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार