३ हजार ८४० कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको संख्या दिनदिनै उकालो लागिरहेको छ ।

मुलुकभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८४० जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा थप १ हजार ९९३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १५ हजार ८०८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २,६३४ र एन्टिजेन विधिबाट १,२०६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७७१ पुगेको छ ।

हालसम्म देशभर ३८ लाख ७९ हजार ४१० नमुनाको कोरोना परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार