आज बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौ । आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ भने घटेको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, बुधबार चाँदीको भाउ घटेको छ । यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले घटेको हो। महासँघका अनुसार यस दिन चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार