सत्तारुढ गठबन्धन छाड्ने चित्रबहादुर केसीको चेतावनी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी पास गरे गठबन्धन छाड्ने चेतवानी दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा उनले एमसीसी र संघीयताको बिरोध गर्दै गठबन्धनबाट बाहिरिने चेतवानी दिएकाे बताइएकाे छ ।

गठबन्धनले सधैं संघीयताकै रटान लगाउने र एमसीसीकै कुरा गर्ने हो भने आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने उनको भनाइ थियो ।

अध्यक्ष केसीले नेपाली जनता कोभिडविरुद्धको खोप नपाएर अकालमा ज्यान गुमाउन बाध्य भइरहेको अवस्थामा गठबन्धनको सरकार गम्भीर बन्न नसकेको बताउँदै उनले सरकार एमसीसीलाई कसरी अघि बढाउने ध्याउन्नमा लागेकोमा यो कुरा आफू र आफेनो पार्टीलाई स्वीकार्य नहुने बताएका थिए ।

यदी सरकारले एमसीसी अगाडी बढाएमा आफुहरु गठबन्धनबाट बाहिरने उनकाे भनाइ थियाे  । मंगलबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको थियो । सो वार्तामा एमसीसीको विषयमा छलफल भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार