काँग्रेस पदाधिकारी बैठक बस्दै

महाधिवेशन कार्यतालिकाबारे छलफल हुने

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बिहान ११ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्दैछ ।

मंगलबार क्रियाशील सदस्यता छानबिन समितिले तयार पारेको प्रतिवेदन बुझेसँगै प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले प्रतिवेदन अध्ययन गरेर मात्र बैठक बस्ने भन्दै मंगलबारको लागि बोलाइएको बैठक स्थगित गरेका थिए ।

आजको बैठकको मुख्य एजेण्डा रोकिएको वडा अधिवेशन कहिले गर्नेबारे हुने बताइएको छ ।

बैठकले प्रतिवेदनले बाँकी राखेका विषयलाई समेत टुंग्याउने मापदण्ड बनाउने बताइएको छ।

बैठकले तल्लो संरचनाको अधिवेशनको नयाँ मितिबारे निर्णय गर्नेछ। यसअघि मंगलबारदेखि सुरु हुने भनिएको तल्लो तहको अधिवेशन स्थगित गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार