के बिहान धेरै सुत्दा स्वास्थ्यलाई फाइदा पनि हुन्छ ?

काठमाडौं । बिहान धेरै बेरसम्म सुत्ने मान्छेलाई अल्छी भनेर अपहेलना गर्ने गरिन्छ । कहिलेकाँहि त धेरै ढिलासम्म सुत्दा घरका सदस्यबाट गाली समेत खानुपर्ने अवस्था आउँछ ।

अहिलेको व्यस्त जीवनशैलीका कारण पनि मानिसहरुले राम्ररी निद्रा पु¥याउन सकिरहेका हुँदैनन् । त्यसकारण बिहान ढिलासम्म सुत्छन् ।

प्रत्येक व्यक्तिका लागि कम्तीमा आठ घन्टाको निद्रा आवश्यक हुन्छ । निद्रा पूरा गर्न नपाउँदा डिप्रेसन, टाइप २ डायबिटिज, अनिद्रा र एंग्जाइटी जस्ता रोग लाग्छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार, दिनदिनै आठ घन्टाबाहेक २० मिनेट मात्र थप सुत्दा पनि ताजा अनुभव गर्न सकिन्छ ।

सुतेर २० मिनेट ढिलो उठ्दा तपाईंले ताजा अनुभव त गर्नुहुनेछ नै, स्वास्थ्यमा पनि अनेकौं फाइदा पाउनुहुन्छ । अनि बिहानपख दुई घन्टा बढी सुत्दा दिमाग दुईगुणा बढी चल्छ ।

अनुसन्धानकर्ताहरूका अनुसार २० मिनेट बढी सुत्ने मानिस पातला हुन्छन् । बढी सुत्दा शरीरको क्यालोरी डढ्छ अनि तौल बढ्न पाउँदैन ।

अलि बढी सुत्दा शरीरमा कार्बाेहाइड्रेट्सको मात्रा घट्छ जसले गर्दा शरीरका कोशिकाहरूले झन् बढी काम गर्छन् । टन्न सुत्दा तपाईंले दिनमा कम्तीमा ३८५ क्यालोरीयुक्त भोजन गर्न सक्नुहुन्छ । अनि यसले गर्दा शरीरलाई मह, चिनी, सिरप र फल जस्ता कुरा पचाउन सहायता पुग्छ ।

नियमित समयभन्दा २० मिनेट बढी सुत्दा ठूलालाई मात्र नभई बच्चाहरूलाई पनि फाइदा हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार