बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, प्रदेश प्रमुखहरु हेरफेरको निर्णय हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले  बोलाएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकले प्रदेश प्रमुखहरुको हेरफेरको निर्णय गर्ने बताइएको छ ।

यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएका गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरुलाई पुन: नियुक्ति गर्न सत्ता गठबन्धनबीच सहमति भएको बताइएकाे  छ ।

यसअघि आजै माओवादी केन्द्रले यसअघि ओली नेतृत्वको सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार