नेपाली पौडीबाज एलेक्स शाहले बनाए राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपाली पौडीबाज एलेक्स शाहले राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

जापानको टोकियोमा जारी गृष्मकालीन ओलम्पिक खेलकुदको मंगलबार भएको हिट चरणमा शाहले एक सय मिटर फ्री स्टाइलमा व्यक्तिगत प्रदर्शन करिब तीन सेकेन्डले सुधार गरेका हुन् ।

उनले ५३.४१ सेकेन्डको समय निकालेर राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। यसअघि राष्ट्रिय कीर्तिमान उनकै नाममा थियो ।

यसअघि उनले एक सय मिटर फ्रिस्टाइल ५६.२८ सेकेन्डको समय निकालेका थिए। उक्त प्रदर्शन उनले दक्षिण कोरियाको ग्वान्जाउमा भएको विश्व च्याम्पियनसिपमा गरेका थिए।

मंगलबार पहिलो हिटमा सहभागी ७ जनामध्ये पहिलो भए तर सेमिफाइनल पुग्ने उनको सम्भावना भने निकै कम छ। एलेक्स रहेको हिटमा कोसोभो, प्यालेस्टाइन, गुयाना, भुटान, मालदिभ्स र सोलोमन आइसल्यान्डका खेलाडी थिए।

९ वटा हिटका शीर्ष १६ जना खेलाडी सेमिफाइनल पुग्ने छन्। यो स्पर्धामा विश्व कीर्तिमानी समय ४६.९१ सेकेन्ड र ओलम्पिक कीर्तिमानी समय ४७.०५ सेकेन्ड रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार