गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचन सिफारिस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादीका नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गण्डकीको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हाे ।

यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीता कुमारी पौडेल प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार