पब्जी र फ्रि फायर जस्ता अनलाइन गेम बन्द गर्न सांसदकाे माग

काठमाडौं । सांसदहरुले नेपालमा विभिन्न अनलाइन गेम बन्द गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद आशाकुमारी विकले अनलाइन गेमका कारण बालबालिका तथा अभिभावकहरूमा समेत मानसिक समस्या उत्पन्न भएको भन्दै त्यस्ता गेम बन्द गर्नुपर्ने माग गर्नुभएको छ ।

मंगलवार सदनमा धारणा राख्दै सांसद विकले लकडाउनका समयमा बालबालिकालहरूमा पब्जी र फ्रि फायर जस्ता गेमको लत बसेकाले यस्ता गेममाथि प्रतिबन्ध गर्न माग गर्नुभयो ।

गेमको लतका कारण बालबालिकाहरुमा डराउने, झर्किने जस्ता मानसिक समस्या देखापरेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । सरकारले यस्ता गेम बन्द नगरे अभिभावकहरू अदालत जाने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार