भैँसीलाई घाँस हाल्न गएकी मनकलाको गोठमै हत्या, थप अनुसन्धानका लागि तालिमप्राप्त कुकुर झिकाइँदै

रुकुमपश्चिम । जिल्लाको त्रिवेणी गाउँपालिका-४ की २६ वर्षीया मनकला खत्रीको हत्या भएको छ।

सोमबार राती आफ्नै घरको गोठमा भैँसीलाई घाँस हाल्न गएकी मनकलाको अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

जिल्ला प्रहरी प्रमुख ध्रुवकुमार श्रेष्ठका अनुसार घटनास्थलतर्फ टोली पठाएर अनुसन्धान शुरू गरिएको छ ।

थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर झिकाइएको श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार