ह्वात्तै बढे कोरोना संक्रमित, थप २० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा थप १ हजार ७७८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १७ हजार ५१८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २,७२६ र एन्टिजेन विधिबाट ११७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ८५ हजार ६७३ जना र एन्टिजेन विधिबाट ५७ हजार १४४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । नेपालमा निको हुने दर ९४.४ प्रतिशत रहेको छ ।

त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७५८ पुगेको छ । नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

हालसम्म देशभर ३५ लाख ६३ हजार ९७८ नमुनाको पीसीआर परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार