माधव कुमार नेपाल सरकारमा सहभागी हुने, प्रचण्डले गरे यस्तो खुलासा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अब आफूहरु सरकारमा सहभागी हुने बताएका छन । शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकारलाई विश्वासको मत दिएका नेपालले अब सरकारमै सहभागी हुने बताएका हुन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आज बिहान भएको भेटमा नेपालले यस्तो बताएको प्रचण्डले बताएका छन् । एमालेभित्र एकताको कुरा चल्दै गर्दै गर्छ, आफूहरु सरकारमा सहभागी हुने बताएको प्रचण्डको भनाई छ ।

यसअघि नेपाल पक्षीय नेताहरुले आफ्नो पार्टी अपोजिसन भएकाले सरकारमा नजाने बताउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार