देउवा आउनासाथ गच्छदार छुटे, अब अफताब आलम पनि छुट्लान्: एमाले सांसद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका सांसद पदम गिरीले गठबन्धन सरकार बनेलगत्तै अपराधी र भ्रष्टाचारीहरूले उन्मुक्ति पाउन थालेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले विजय गच्छदार सामान्य धरौटीमा छुट्नुले अब अफताब आलमहरू पनि छुटेर संसदमा आउने संकेत देखिएको दावी गरे ।

सांसद गिरीले भने, ‘यो निर्दलीय सरकार आउनासाथ बालुवाटारको जग्गा बेचबिखन गरेर खाने बिजय गच्छदार सामान्य धरौटीमा छुटेका छन् । भोलि कतै १२ जना मजदुरलाई भट्टामा पोल्ने अफताब आलमहरू पनि छुटेर यही ठाउँमा आउने त होइनन् ? सरकारले यो प्रवृतिलाई प्रश्रय दिने त होइन ? जनता चिन्तित छन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार