नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको हाे ।

सरकारमा सहभागी हुने मन्त्रीका विषयमा स्थायी समिति बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन  । सरकारमा जाने मन्त्रीको विषयमा मापदण्ड बनाएर स्थायी समितिले पारित गर्ने भएको छ ।

माओवादीले कांग्रेस सभापति शेरबहादुर देउवा सरकारमा ७ मन्त्रालयको भागवण्डा पाउने बताइएको छ। यसअघि अर्थ मन्त्रीमा जनार्दन शर्मा र उर्जा मन्त्रीमा पम्फा भुसालले जिम्मेवारी सम्हालिसकेका छन् ।

अब माओवादीबाट ५ जना मन्त्री हुने भएका छन् । यसै बिषयमा छलफल गर्न आज बिहान अध्यक्ष प्रचण्ड बालुवाटार पुगेर देउवालाई भेटेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार