पार्टी एकताका लागि बाटो बिराएकालाई ओलीले माफी दिने

  पहिलोपेज समाचारदाता

 177 पटक हेरिएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि बाटो बिराएका समूहलाई माफ गर्ने बताउनुभएको छ ।

बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सबैलाई एकताका लागि यसअघि गरेका गल्तीलाई माफी दिने बताउनुभएको हो ।

पार्टीमा देखिएको विवादका कारण ठूलो धक्का व्यहोर्नुपरेको भन्दै उहाँले नेपाल पक्षलाई पार्टीमा फर्कन आग्रह समेत गर्नुभयो । ओलीले कम्युनिष्ट आन्दोलन अझैपनि पूरा नभएकाले एकजुट भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

ओलीले आफ्नो सरकारलाई जनादेशले नभई परमादेशले हटाएको बताउनुभयो । उहाँले राष्ट्र र जनताको पक्षमा काम गरेको देख्न नचाहेकाले सुरुदेखि नै आफ्नो सरकारलाई हटाउन कोशिस गरेको र अदालतले बाटो सहज बनाइदिएको तर्क गर्नुभयो ।

अहिले जेसुकै जहाँसुकैबाट ढाले पनि संसद्मा एमाले प्रमुख पार्टी रहेको र यसले जहिले पनि अग्रगामी विचार लिने उहाँले बताउनुभयो । उहाँले कम्युनिष्टलाई मजबुद बनाउनका लागि पुष्पलालले रोपेको बिरुवालाई मर्न नदिने स्पष्ट पार्नुभयो ।

पुष्पलालले रोपेको बिरुवालाई मदन भण्डारीले स्याहारसुसार गरेर वैचारिक ढंगले अद्यावधिक, प्रवलीकरण गरेर अगाडी बढेको भन्दै उहाले अव आफुहरुले यसलाई थप मजबुद बनाउने जिकिर गर्नुभयो । कार्यक्रममा एमाले नेताहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले खेलेको भूमिकाको चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार