यातायात व्यवसायीहरु सात बुँदे मागसहित आन्दोलनमा

  पहिलोपेज समाचारदाता

 143 पटक हेरिएको

काठमाडौं । भाडा समायोजन र कोरोनाविरुद्धको खोप लगायतका सात बुँदे माग राख्दै यातायात व्यवसायीहरुले काठमाडौंमा सवारीसाधनसहित र्याली निकालेका छन् ।

उपत्यकाको चक्रपथमा निकालिएको र्यालीका कारण यातायात अस्तव्यस्त बनेको थियो । ट्याक्सीदेखि सबै प्रकारका सार्वजनिक यातायातको र्यालीका कारण ट्राफिक जामको समस्या पनि देखिएको हो । सार्वजनिक यातायात केन्द्रीय महासंघले कोभिड खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरिवाना छुट लगायतका माग अघि सार्दै बिरोध जनाएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका उपमहासचिव रामहरि श्रेष्ठले आफूहरुले पटकपटक आफ्ना मागका बारेमा सरकारको ध्यानाकर्षण गराए पनि नसुनेपछि बाध्य भएर बिरोधमा उत्रनुपरेको बताउनुभयो । भाडा समायोजन गर्दा बैज्ञानिक समायोजन नभएको, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको उहाँको गुनासो छ ।

त्यस्तै ट्याक्सी व्यवसायीहरुले न्युनतम भाडा बृद्धि गर्नुपर्ने माग गरेका छन् । व्यवसायीहरुले पहिलो चरणको बिरोधको कार्यक्रमबाट पनि आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार