लिटिल मिस एण्ड मिस्टर दाङको एम्बेस्डरमा नायक आयान

  पहिलोपेज समाचारदाता

 149 पटक हेरिएको

दाङ । लिटिल मिस एण्ड मिस्टर दाङ २०२१ को एम्बेस्डरमा नायक आयान बज्राचार्य नियुक्त हुनु भएको छ । तेक्वान्दोको अन्तर्राष्ट्रिय खेलाडी समेत रहनु भएका बज्राचार्यलाई आइतबार नियुक्त गरिएको आयोजक संस्था पहल नेपालका अध्यक्ष एवं कार्यक्रम निर्देशक केएल पीडितले बताउनुभयो ।

यसअघि शनिबार कार्यक्रमको उपनिर्देशकमा सञ्चारकर्मी एवं कलाकार पाण्डव शर्मा, प्रमुख प्रशिक्षक एवं कोरियोग्राफरमा ऋचा बुढाथोकी, सह प्रशिक्षकमा अञ्जली न्यौपाने र प्रेस संयोजकमा सन्तोष डाँगी नियुक्त हुनुभएको थियो ।

बालबालिकाहरुमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन तथा उनीहरुको क्षमता र नेतृत्व विकासमा टेवा पुराउने उद्देश्यले पहल नेपाल र उत्सर्ग फिल्मस नेपालको संयुक्त आयोजनामा लिटिल मिस एण्ड मिस्टर दाङ २०२१ प्रतियोगिता शुरु भएको छ ।

कार्यक्रमका उपनिर्देशक पाण्डव शर्माका अनुसार यस प्रतियोगितामा ६ देखि १४ वर्षका बालिकाहरुले भाग लिन पाउनेछन् । प्रतियोगितामा दुई उमेर समूहमा प्रतिष्पर्धा हुनेछ ।

अनलाइन अडिसन लिइने यस प्रतियोगितामा सहभागी हुन २०७८ असार ३१ गतेभित्र आफ्नो नाम, उमेर, ठेगाना, रुचि, उद्देश्य र सम्पर्क नम्बर खुलाएर  Little Miss Dang को पेजको Inbox मा पठाउनु पर्नेछ ।

प्रतियोगिताका विजेताहरुलाई लघु चलचित्र एवं म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर दिइने प्रेस संयोजक सन्तोष डाँगीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार