”लिटिल मिस दाङ”को आवेदन खुला

  पहिलोपेज समाचारदाता

 134 पटक हेरिएको

दाङ, १७ असार । बालबालिकाहरुमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन तथा उनीहरुको क्षमता र नेतृत्व विकासमा टेवा पुर्याउने उद्देश्यले पहल नेपाल र उत्सर्ग फिल्मस नेपालको संयुक्त आयोजनामा “लिटिल मिस दाङ २०२१” प्रतियोगिता शुरु भएको छ ।

कार्यक्रमका संयोजक केएल पीडितका अनुसार यस प्रतियोगितामा ६ देखि १३ वर्षका बालिकाहरुले भाग लिन पाउनेछन् । प्रतियोगितामा दुई उमेर समूहमा प्रतिष्पर्धा हुनेछ ।

अनलाइन अडिसन लिइने यस प्रतियोगितामा सहभागी हुन २०७८ असार ३१ गतेभित्र आफ्नो नाम, उमेर, ठेगाना, रुचि, उद्देश्य र सम्पर्क नम्बर खुलाएर Little Miss Dang को पेजको Inbox मा पठाउनु पर्नेछ ।

प्रतियोगिताका विजेताहरुलाई लघु चलचित्र एवं म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर दिइने कार्यक्रम संयोजक पीडितले बताउनु भयो ।

— यस प्रतियोगितामा ६ देखि १३ वर्षका बालिकाहरुले भाग लिन पाउनेछन् ।
— प्रतियोगितामा दुई उमेर समूहमा प्रतिष्पर्धा हुनेछ ।

— अडिसन अनलाइन हुनेछ । प्रतियोगितामा सहभागी हुन २०७८ असार ३१ गतेभित्र आफ्नो नाम, उमेर, ठेगाना, रुचि, उद्देश्य र सम्पर्क नम्बर खुलाएर Little Miss Dang को पेजको Inbox मा पठाउनु पर्नेछ ।

— विजेताहरुलाई लघु चलचित्र, म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर दिइनेछ ।

आयोजक : पहल नेपाल र उत्सर्ग फिल्मस् नेपाल
सम्पर्क
केएल पीडित
९८५७८३२०९८

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार